• The Public Today
  • ललितपुरमा दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु


    काठमाडौं, असोज ७ गते : ललितपुरमा थप दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गदै अल्का अस्पतालमा उपचाररत ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जनाएको छ । ती पुरुष गत भदौ १७ गते कलेजोको समस्या देखिएर अस्पतालमा उपचाररत रहेका थिए ।

    यसैगरी ललितपुरस्थित मेघा अस्पतालमा उपचाररत ८० वर्षीय कोरोना संक्रमित वृद्धको मंगलबार साँझ ५ बजे मृत्यु भएको छ । उनी सोही दिन दिउँसो अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस