• The Public Today
  • भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति


    एजेन्सी : भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति भएको छ । सीमा विवादका कारण तनाव बढिरहेको बेला कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तामा दुई देशबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति भएको अंग्रेजी पत्रिका द हिन्दूले जनाएको छ ।

    वार्तापछि निकालिएको संयुक्त विज्ञप्तीमा सीमामा थप सैनिक नपठाउनेसहित अहिलेको अवस्थामा कुनै किसिमको परिवर्तन नगर्ने सहमति पनि बनेको खबरमा उल्लेख छ ।

    दुवै देशले वास्तविक नियन्त्रण रेखामा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति गरेका छन् । तर अहिले नै सैनिकलाई पछि हटाउने सहमति भने नबनेको खबरमा उल्लेख छ । यस्तै जतिसक्दो छिटो कोर कमाण्डर स्तरको सातौं चरणको बैठक वार्ता गर्ने पनि सहमति भएको छ ।

    सीमा पारी शान्ति कायम गर्नको लागि पनि कुनै ठोस कदम उठाउने बारेमा वार्ता भएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस