• The Public Today
  • थप ११७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७ हजार ८०४ पुग्यो


    काठमाडौं, असोज ७ गते । नेपालमा बुधवार थप ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । संक्रमितमध्ये ४९ हजार ९५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४३६ जनाको मृत्यु भएको छ ।

    प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १८९३  जना घर फर्किएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस