कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौं,असोज ७ गते : नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।