• The Public Today
  • हातहतियार तथा डकैती मुद्दाका फरार प्रतिवादी पक्राउ


    द पब्लिक टुडे
    गौशाला, असोज ८ गते ।
    महोत्तरी प्रहरीले हातहतियार तथा डकैती मुद्दाका फरार एक प्रतिवादी लाई क्रिकेट खेल्दा खेल्दै पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–६ बस्ने ३० वर्षीय मुन्ना, छोडका र बण्ठा उपनामबाट समेत चिनिने सतेन्द्रकुमार यादव रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट विशेष सूचनाको आधारमा खटिएको टोलीले गौशाला नगरपालिका–५ स्थित मरहा खोला किनारमा क्रिकेट खेल्दै गरेको समयमा उनलाई पक्राउ गरेको हो ।

    महोत्तरीका एसपी कृष्ण प्रसाईंका अनुसार पक्राउ परेका यादव महोत्तरी र सर्लाही जिल्लाका बिभिन्न घट्नामा संलग्न रही फरार रहेका थिए । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कायालय महोत्तरीमा राखिएको र उनलाई पीसीआर टेस्ट गराई जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कर्याालय महोत्तरीले जनाएको छ ।

    पक्राउ परेका यादवविरुद्व मुख्य तीन अभियोग रहेको छ । महोत्तरी प्रहरीका अनुसार जिल्लाको बलवा नगरपालिका–३ परौलस्थानस्थित जय बाबा कारिक मनी ट्रान्सफरमा लुटपाट गर्ने योजना यादवले बनाएका थिए ।

    योजना अनुरुप गाउँकै राकेश यादवलाई लिएर २०७६ साल मंसिर २३ गते त्यसतर्फ जाँदै गर्दा औरही नगरपालिका–३ श्रीपुरस्थित जंघा खोलाको बगरबाट ४ राउण्ड गोली लोड गरिएको नलकटुवा पेस्तोल १ थानसहित राकेश यादव पक्राउ परेका थिए भने सतेन्द्र फरार भएका थिए । प्रहरीले पछि उनीविरुद्व हातहतियार खरखजाना तथा डाँका उद्योग मुद्दा चलाएको थियो ।

    यस्तै, महोत्तरीकै मनरासिस्वा नगरपालिका–२ भोलही चोकस्थित रामसेवक यादवको घरमा २०७५ साल पुस २३ गते राति १ बजे १५–१६ जनाको हतियारधारी डाँकाहरुको समूहले गोली फायर गरी बम बिष्फोट गराई नगद र सुनका गहना लुटेका थिए । उक्त घट्नामा पनि संलग्न सतेन्द्रविरुद्व डाँका तथा संगठित अपराध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

    यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित जय माँ महारानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वर साह नेपाल इन्भेष्टमेन्ट बैंकबाट नगद ९ लाख ९० हजार झिकेर ना.५५प ९५९३ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा २०७५ मंसीर २० गते इश्वरपुर १३ बाट सतेन्द्र, गंगाधर साह समेतले पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीको भनाइ छ । उक्त घट्नामा प्रहरीले डाँका तथा संगठित अपराध मुद्दा दर्ता गरेको समाचार आजको द पब्लिक टुडे मा छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस