• The Public Today
  • सहज जित निकाल्ने योजनामा सिटी


    एजेन्सी
    असोज ८ गते : कारबाहो कपअन्तर्गत आज (बिहीबार) तीन खेल हुँदै छन् । आज हुने खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति साढे १२ बजे हुनेछ ।

    तेस्रो चरणअन्तर्गत आज सिटीले प्रतिस्पर्धा गर्ने योजनामा छ । आजको खेलमा जित निकाल्न सके सिटी अघिल्लो चरण प्रवेश गर्नेछ । बर्नमाउथ पनि आजको खेलमा जित निकाल्दै अर्को चरण प्रवेश गर्ने योजनामा छ ।


    आज नै हुने अर्को खेलमा लिभरपुलले लिन्कोन सिटीसँग प्रतिस्पर्धा गर्दै छ । प्रिमियर लिगको साबिक विजेता लिभरपुल आजको खेलमा सहज जित निकाल्दै अर्को चरणमा प्रवेश गर्ने योजनामा छ । यता लिन्कोन सिटी पनि आजको खेलमा जित निकाल्न चाहन्छ ।

    कारबाहो कपअन्तर्गत बिहीबार हुने अर्को खेलमा एस्टोन भिल्लाले ब्रिस्टोल सिटीसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार राति ११:४५ मा सुरु हुनेछ ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस