• The Public Today
  • बर्दिबासमा भित्रियो नायाँ मोडेलको स्कूटी


    द पब्लिक टुडे
    बर्दिबास, असोज ८ गते
    : यामाहा नेपालले भरखरै बजारमा ल्याएको ‘रे जेडआर १२५ एफआई’ मोडेलको स्कूटी महोत्तरीको बर्दिबासमा भित्रिएको छ । हंस अटोमोवाईल्स बर्दिबासले बर्दिबास बजारमा ल्याएको स्कूटीको प्रदेश सभा सदस्य सारदा देवी थापा र यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले संयुक्त रुपमा एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् ।

    ‘नयाँ रे जेडआर १२५ एफआईको चर्चा गर्दा यसमा मेजर रिफाइनमेन्टहरु गरिएका छन् । यो सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर हो जसले मात्र ७।५९ सेकेन्डमा ६० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ । साथै यसको माइलेज पनि सबैभन्दा बढी, ५८ किलोमिटर प्रति लिटर रहेको छ । अन्य फिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको छ,’ हंस अटो मोवाईल्स बर्दिबासका संचालक हेम लामाले भने ।

    यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन लगाइएको छ । साथै, अंग्रेजी अक्षर ‘वाई’ आकारको नयाँ एलईडी लाईट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाईट स्टार्टअपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनक फिचर रहेका छन् । यसको वजन ९९ केजी मात्र रहेको छ जसले यसलाई १२५ सीसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुकको स्कुटर बनाएको छ ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस