• The Public Today
  • छायांकनअघि किन गोजी छाम्‍ने गर्छन् अनिल कपुर ?


    एजेन्सी, असोज ९ गते । बलिउड अभिनेता अनिल कपुरले छायांकनअघि सधैं आफ्नो गोजी छाम्‍ने गरेको खुलाएका छन् । उनले सन् १९९७ मा रिलिज भएको चलचित्र ‘जुदाई’ को एउटा गीतको भिडियो सामाजिक सञ्जालमा आएपछि यो कुरा बताएका हुन् ।

    एक ट्विटर प्रयोगकर्ताले उक्त चलचित्रको गीत ‘मुझे प्यार हुवा’ को छोटो भिडियो क्लिप सार्वजनिक गरेका छन् । भिडियोमा अभिनेत्री उर्मिला मातोंडकर र अनिल कपुर फिचर्ड छन् । उक्त डान्सिङ सिनमा अनिलले आफूले लगाएको गगल्स ज्याकेटको गोजीमा हाल्न खोज्छन् तर उनले हाल्न सक्दैनन् । किनभने उनको ज्याकेटमा गोजी हुन्‍न । क्यामेरा रोलमा रहेका अनिलले यो कुरा थाहा पाउँछन् र दर्शकले थाहा नपाउने गरी गगल्स टी-सर्टको गोजीमा राख्छन् ।

    उक्त घटनापछि अनिलले हरेक छायांकनअघि आफ्नो गोजी छाम्‍ने गरेको खुलाएका हुन् । यो भिडियो क्लिप रिट्विट गर्दै अनिलले लेखेका छन्, “त्यसबेलादेखि छायांकनअघि सधैं म आफ्नो गोजी छाम्‍ने गर्छु ।” अनिनले दर्शकले थाहा पाएनन् भन्‍ने सोचे पनि दर्शकले चलचित्र हेर्न जाँदा नै यो कुरा याद गरेको र त्यो सिन हेर्दाहेर्दै मज्जाले हाँसेको बताएका छन् । बलिउड हंगामा


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस