कसैलाई मन पराउनुहुन्छ ? यसरी जित्नुस् मन

असोज ९ गते : कसैलाई भित्रभित्रै मन पराउनुहुन्छ ? भन्न सक्नुभएको छैन ? के डर लागिरहन्छ ? यस्तो नसोच्नुस्। आत्मबल दह्रो बनाएर आफ्ना कुरा राख्न सक्ने, भद्र, आत्मविश्वासी, निडर, मिजासिलो आदि गुण भएका पुरषप्रति युवती चाँडो आकर्षित हुन्छन्। त्यस्तै बन्ने प्रयत्न गर्नुस्।

घर कस्तो छ भन्ने बुझ्नका लागि पहिले ढोकाबाहिरबाट भित्र छिर्नुपर्छ । भित्र नछिर्दै देखिने भनेको बाहिरी आवरण हो । आवरण मन परेमा भित्र छिरौ–छिरौ लाग्न सक्छ। त्यसैगरी मनभित्र छिर्ने मुख्य ढोका भनेको गेटअप हो । जसले कसैलाई सजिलै आकर्षित गर्न सक्छ । दोस्रो कुरा भनेको उसले गर्ने व्यवहार हो । अरुको भलो चिताउने, सहयोगी भावना भएको, स्वच्छ मन र सफा चरित्र भएको हुनुपर्छ ।

मानिस कस्तो भन्ने उसको चरित्रले दर्शाउने भएकाले यसमा विशेष ध्यान दिनुपर्छ भन्ने कुरा छैन । कत्तिको इमान्दार छ, घरपरिवार प्रति कति जिम्मेवार छ, समझदार छ कि छैन रु आदि कुरामा युवतीहरु धेरै केयरफुल हुन्छन ।

अर्को भनेको पर्सनालिटीमा पनि ध्यान दिनुपर्छ। कन्फीडेन्टका साथ आफ्ना कुरा राख्न सक्ने, भाद्र, आत्मविश्वासी, निडर, मिजासिलो आदि गुण भएका पुरुषप्रति युवती चाँडो आकर्षित हुन्छन्।

अनुहार राम्रो मात्र हुँदैन। उसमा कुनै ट्यालेन्ट हुनुपर्छ । सबैमा कुनै न कुनै खुबी हुन्छ । कोही गीत गाउन सिपालु होलान्, कोही लेख्न सिपालु होलान्, कोही खेलकुदमा, कोही पढाइमा, कोही चित्रकलामा त कोही कुनै विधामा यस्ता प्रतिभाका कारण पनि कुनै युवती तपाईंप्रति आकर्षित हुन सक्छे ।

इमानदार पुरुष युवतीलाई मन पर्छ । प्रेम सम्बन्ध गासिनुपूर्व तपाई कसैको साथी मात्र हुनुहुन्छ भने उसले तपाईंको इमानदारिता जाँचेको हुन सक्छ। कत्तिको इमानदार छ, परिवारप्रति कति जिम्मेवार छ, समझदार छ कि छैन ? आदि कुरामा युवती धेरै केयरफुल हुन्छन्।

सकेजति खुल्न सक्नुपर्छ । अन्तरमुखी स्वभावका पुरुष शंकास्पद देखिन्छन्। आफ्नो सबै विवरण दिन, सुख दुखका कुरा साटासाट गर्ने, इच्छा, चाहाना र रोजाइबारे जानकारी लिने र दिने गर्नुपर्छ । यस्तो अग्रसरताले आकर्षण बढ्छ ।

‘सेन्स अफ ह्युमर’ अर्को महवपूर्ण पक्ष हो। सानातिना समस्या आफै समाधान गर्न सक्ने हुनुपर्छ । कुन समयमा कसरी प्रस्तुत हुने र को सँग कस्तो व्यवाहार गर्ने आदिबारे ख्याल हुनुपर्छ । कसैको ‘कम्पनि’ मा बस्न रुचाउने, खुल्ने छिटै घुलमिल हुने, अरुलाई हसाउन सक्ने हुनुपर्छ ।

बौद्धिकता पनि चाहिन्छ । हेरेर समस्याको समाधान गर्न सक्ने, कडा परिस्थिततिको ‘ट्याकल’ गर्न सक्ने हुनुपर्छ। अरुलाई सल्लाह सुझाव दिन सक्ने, धेरै कुराको ज्ञान भएको, मेहनेती भए अझ सुनमा सुन्गंध नै हुन्छ ।

अफ्ठ्यारो स्थिति आयो भने यो सँग जीवन कटाउन सक्छु भन्ने खालको फिलिङ युवतीमा जगाउन सक्नुपर्छ । एजेन्सी