• The Public Today
  • शिक्षण सिकाई क्रियाकलाप सुरक्षित संचालन गर्न ३ सय १ को स्वाव संकलन


    धनवीर महतो
    गौशाला, असोज १० गते ।
    कोरोनाको महामारी बीच शिक्षण सिकाई क्रियाकलाप सुरक्षित तबरले संचालन गर्न महोत्तरीको गौशाला नगरपालिकामा ३ सय १ शिक्षक–शिक्षिकाहरुको पिसिआर परिक्षण गर्न स्वाव संकलन गरिएको छ । शुक्रबार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयका ३ सय १ जना शिक्षक–शिक्षिकाको कोभिड–१९ परिक्षणका लागि स्वाव संकलन गरिएको हो ।

    गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो भन्छन्,‘एउटा शिक्षकलाई प्रत्येक विद्यार्थीको घरघरमा पढाउन जानु पर्ने हुन्छ । यदि एउटा पनि शिक्षकलाई कोरोना लागेको छ भने गाउँभरी नै फैलिने डर हुन्छ । त्यसैले कोरोना फैलिन नदिन शिक्षकहरुको कोरोना परिक्षण गर्ने नीति लिएका हौं । पिसिआर रिपोर्ट आएपछि मात्रै विद्यार्थीको घरघरमा शिक्षकलाई पठाउने छौं ।’

    गौशाला भरीका ३२ वटा सामुदायिक विद्यालयका ३ सय १ शिक्षकलाई पिसिआर रिपोर्टका लागि स्वाव संकलन गरिएको नगर शिक्षा शाखाका पुरुषोतम अधिकारीले बताए ।

    ‘महामारीको समयमा कोरोना नगरपालिकाले परिक्षण प्रक्रिया अगाडी बढाउँदा हामी शिक्षक हौसिएका छौं । ढुक्क भएर बच्चालाई पढाउन सक्छौं,’शिक्षक महासंघ गौशालाका अध्यक्ष नकुल उप्रेतीले भने ।

    शिक्षक र विद्यार्थी कक्षा कोठामा बसेर ‘फेस टु फेस’ गरेर पठन–पाठनको अवस्था छैन । कोरोना संक्रमणले शैक्षिक सत्रको क्यालेण्ड नै अन्यौल ग्रस्त बनेको छ । पढ्न पाउने बालबालिकाको मौलिक अधिकार हो ।तर, उनीहरुले ६ महिनादेखि स्कूलको गेट भित्र पस्न पाएका छैनन् कोरोनाको कहरले । सरकारले बालबालिकाको सिकाई सहजीकरणका लागि घरलाई शिक्षालय र अनुसन्धान केन्द्र बनाउने रणनीति लिएको छ । कोरोनाको महामारीमा विद्यार्थी स्कूल जाँदैंन बरु शिक्षक विद्यार्थीको घर–घरमा पुग्नु पर्ने सरकारको नीति छ ।
    हालसम्म गौशाला नगरपालिकाका २ हजार २ सय जना स्थानीयको पिसिआर विधीबाट कोरोना परिक्षण गरिएको छ । कोरोना टेष्ट गर्दा ८० जनामा संक्रमण देखिएको थियो । ७७ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

    गौशाला नगरपालिकाको वडा नम्बर ११ स्थित नगरपालिकाले संचालन गरेको भरतपुर स्वास्थ्य चौकीको आइसोलेसनमा तीन जना संक्रमितलाई आइसोलेट गरिएको छ । उनीहरुमा कुनै प्रकारको लक्षण देखिएको छैन ।

    गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो भन्छन्,‘एउटा शिक्षकलाई प्रत्येक विद्यार्थीको घरघरमा पढाउन जानु पर्ने हुन्छ । यदि एउटा पनि शिक्षकलाई कोरोना लागेको छ भने गाउँभरी नै फैलिने डर हुन्छ । त्यसैले कोरोना फैलिन नदिन शिक्षकहरुको कोरोना परिक्षण गर्ने नीति लिएका हौं । पिसिआर रिपोर्ट आएपछि मात्रै विद्यार्थीको घरघरमा शिक्षकलाई पठाउने छौं ।’

    गौशाला भरीका ३२ वटा सामुदायिक विद्यालयका ३ सय १ शिक्षकलाई पिसिआर रिपोर्टका लागि स्वाव संकलन गरिएको नगर शिक्षा शाखाका पुरुषोतम अधिकारीले बताए ।

    ‘महामारीको समयमा कोरोना नगरपालिकाले परिक्षण प्रक्रिया अगाडी बढाउँदा हामी शिक्षक हौसिएका छौं । ढुक्क भएर बच्चालाई पढाउन सक्छौं,’शिक्षक महासंघ गौशालाका अध्यक्ष नकुल उप्रेतीले भने ।

    शिक्षक र विद्यार्थी कक्षा कोठामा बसेर ‘फेस टु फेस’ गरेर पठन–पाठनको अवस्था छैन । कोरोना संक्रमणले शैक्षिक सत्रको क्यालेण्ड नै अन्यौल ग्रस्त बनेको छ । पढ्न पाउने बालबालिकाको मौलिक अधिकार हो ।तर, उनीहरुले ६ महिनादेखि स्कूलको गेट भित्र पस्न पाएका छैनन् कोरोनाको कहरले । सरकारले बालबालिकाको सिकाई सहजीकरणका लागि घरलाई शिक्षालय र अनुसन्धान केन्द्र बनाउने रणनीति लिएको छ । कोरोनाको महामारीमा विद्यार्थी स्कूल जाँदैंन बरु शिक्षक विद्यार्थीको घर–घरमा पुग्नु पर्ने सरकारको नीति छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस