• The Public Today
  • सर्लाहीमा खोलामा डुबेर एक वृद्धको मृत्यु


    राकेश गुप्ता
    सर्लाही, असोज १० गते ।
    सर्लाहीको हरिवन नगरपालिकामा लखनदेही खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नं. ३ मोहनपुर बस्ने अन्दाजी ८६ वर्षीय वृद्ध पदम बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    आज बिहान अन्दाजी ७ः०० बजेको समयमा परियार नबलपुर जान्छु भनि बिहानै घरबाट निस्की हिँडेकोमा नजिकैको लखनदेही खोलामा डुबी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।

    मृतक परियारको शव अहिले पोष्टमार्टमका लागि मलंगवा अस्पताल सर्लाहीमा राखिएको प्रवक्ता कुवरले बताउनुभयो ।

    यसैगरी मृतक परियारको आर्थिक अवस्था ज्यादैँ न्युन रहेकोले शव पोष्टमार्टम र शव बाहनको सम्पूर्ण खर्च छहारी समुहका सदस्यहरुले सहयोग प्रदान गरेपछि शव मलंगवा लगिएको हरिवन नगरपालिका वडा नं. ३ निवासी सामाजिक अभियानता तथा समाजसेवी सन्जिव मोक्तान जानकारी दिनुभयो ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस