• The Public Today
  • आज १२ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


    काठमाडौं, असोज ११ गते । आज अपराह्न १२ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आइतबार आकस्मिक बैठक बस्न लागेको हो ।

    आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषदले जारी गर्ने एजेण्डा रहेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । मन्त्रिपरिषदबाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ । यस्तै अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने बुझिएको छ ।

    सरकारले पहिलेको कानून संशोधन गरी एसिड आक्रमण कसुरको सजायमा बृद्धि गर्दै नयाँ अध्यादेश सिफारिस गरेको छ । एसिड आक्रमण गरेमा २० वर्ष सजाय र आक्रमणबाट मृत्यु भएमा जन्मकैदको सजायको सिफारिस गरिएको छ ।

    दुई साता अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण कसुरसम्बन्धी कानून छिट्टै संशोधन गरेर कडा व्यवस्था गर्ने बताएका थिए । -रातोपाटी


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस