• The Public Today
  • वीरगन्जमा थप १७ जना कोरोना संक्रमित थपिए


    पर्सा, असोज ११ गते : पर्साका १३ जनासहित वीरगन्जमा थप १७ जनामा पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पीसीआर परीक्षणमा पर्सा, बारा र रौतहटका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमण पुष्टि हुनेमा १९ वर्षदेखि ६५ वर्ष उमेर समुहका छन् । थपिएका संक्रमितमध्ये पर्साका १३ जना, बाराका ३ जना र रौतहटका १ जना रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

    थपिएका सबै संक्रमित पुरूष छन् । पर्साका १७ जना संक्रमितमध्ये कालिकामाई गाउँपालिका वडा नम्बर ५ र ३ मा एक/एक जना र बिन्दबासिनी गाउँपालिका वडा नम्बर ४ मा दुई जना संक्रमण पुष्टि भएको छ ।

    जगरनाथपूर गाउँपालिका वडा नम्बर ४ मा र बहुदरमाई नगरपालिका वडा नम्बर २ मा एक /एक जना थपिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ मा ४ जना, वडा नम्बर १६ र २५ मा एक/एक जना संक्रमित थपिएका छन् ।

    वीरगन्जस्थित नारायणी वयोदा अस्पतालमा पनि एक जनामा संक्रमण देखिएको छ । यस्तै बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २३ का एक जना, पर्सौनी गाउँपालिका वडा नम्बर ४ का एक जना र पथलैयाका एक जना संक्रमण पुष्टि भएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस