• The Public Today
  • पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु


    काठमाडौं, असोज ११ गते । ललितपुरको पाटन अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    भक्तपुरकी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार  मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

    मृत्क महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचार जारी थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस