• The Public Today
  • ओरेक नेपालद्वारा खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण


    ढल्केवर, असोज १२ गते । धनुषाको मिथिला नगरपालिकामा खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

    सोमवार ओरेक नेपाल धनुषाले मिथिला नगरपालिका वडा नं ६ र ७ मा लकडाउनबाट प्रभावित घरधुरी महिलाहरुलाई खाद्यान्न, सरसफाई तथा स्वास्थ्य सामग्री वितरण गरेको हो ।

    वडा कार्यालयको सहकार्यमा ओरेक नेपालले मिथिला नगरपालिका वडा नं ६ र ७ का क्रमश २५ र २५ गरी जम्मा ५० घरधुरी महिलालाई सो सामग्रीहरु वितरण गरिएको बताइएको छ ।

    वितरण गरिएको सामग्रीहरुमा १ बोरा चामल(३० केजी), ३ केजी दाल, १ केजी नुन, २ लिटर तेल, १ केजी मटर, सरफ, साबुन, प्याड, साबुन, औषधीलगायतका रहेका छन् ।

    ओरेक नेपालले उपलब्ध गराईएको राहत सामग्रीहरु मिथिला नगरपालिका वडा नं ६ का वडाध्यक्ष भक्तबहादुर बलम्पाकीले वितरण गरेका हुन् । वितरण गर्ने क्रममा वडासदस्य रामस्वार्थ महतो, ओरेक नेपालका प्रतिनीधिलगायतको उपस्थिती रहेको थियो ।

    कोरोनाको संक्रमण नियन्त्रण गर्न सरकारद्वारा गरिएको लामो लकडाउनबाट प्रभावित अतिविपन्न तथा एकल घरधुरी महिलाहरुलाई खाद्यान्न सामग्री वितरण गरेको ओरेक नेपाल धनुषाले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विविध, समाज


    प्रतिक्रिया दिनुहोस