• The Public Today
  • महोत्तरीमा मौलाउँदै ‘मटर’को कालो धन्दा


    • महेशकुमार दास

    महोत्तरी, असोज १३ गते । एक त देहात त्यसमाथि सिमावर्ती क्षेत्र, जुनै सुकै वेला कुनै न कुनै विषयलाई लिइएर चर्चामा रहँने गर्दछ । हो, अहिले पनि महोत्तरीको देहात मटर(केराउ)को कालो धन्दाका कारण चर्चामा छन ।

    वारि जताततै मटरको भण्डारण गर्ने र रातविरातको समयमा पारि ढुवानी गर्नेहरुको अफरातफरी छ । साईकल मोटरसाईकल र पैदल समेत पोकापन्तारामा र वोरामा राखेर पारि मटर कटाउनेहरुलाई अहिले भ्याई नभ्याई छ । जता हे¥यौ अहिले उत्तै प्रहरी , मटर कारोवारी र ढुवानी कर्ताको लुकामारि चलि रहेको देख्न सकिन्छ ।

    मटर कारोवारी प्रहरीको आँखा छल्दै तेस्रो मुलुकबाट नेपाल भित्रयाइएको मटर महोत्तरीको विभिन्न नाका हुँदै भारत तर्फ तस्करी गरि लाने क्रम पछिल्लो क्रममा वाक्लिदै गएको छ । तेस्रो मुलुकबाट सस्तो मुल्यमा भित्रयाईको मटर भारत कटाए पछि दोब्बर दरमा विक्रि हुने भएपछि अहिले सोना तिनो काम गरेर रोजगारी गर्नेदेखि ठुल ठुला व्यापारीहरुको पनि मटर कारोवार तिर आँखा परेको छ ।

    तेस्रो मुलुकबाट आयातित मटर भन्सार कटाएर पनि लग्न नमिल्ने र त्यस्तो कार्य अवैधानिक भएकोले अहिले महोत्तरीको सिमाभएर भन्सार कर्मचारी र प्रहरीको आँखा छल्दै मटरको कारोवार हुने गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी टिकाबहादुर केसीले बताए ।

    तर यस्ता गतिविधिलाई नियन्त्रण गर्न सिमावर्ती क्षेत्रमा व्यापाक प्रहरी परिचालन गरिए पछि श्रावण देखि हाल सम्म एक सय ५० क्वन्टिल मटर प्रहरी नियन्त्रणमा लिन सफल भएको एसपी केसीले बताए ।

    उक्त वरामद भएको मटरको बजार मूल्य ५० रुपैंया प्रतिकिलोको दरले सात लाख ५० हजार रहेको प्रहरीले जनाएको छ ।

    जिल्लाको भिटामोड, नैन्ही , बथनाहा , मटिहानी , हलखोरी , कटिकटैया , रघुनाथपुर , गैडाभेटपुर, लगायतको देहात तर्फ खुला सिमाको फाईदा उठाउँदै मटरको कालो धन्दा हुने गरेको प्रहरीको समेत ठम्याइ छ ।

    बरामद भएको उक्त परिमाणको मटर सोहि देहातको सिमावर्ती क्षेत्रहरुमा भण्डारण गरि राखिएको र ढुवानी गरि पारि कटाउन लग्दै गरेको अवस्थामा वरामद गरिएको एसपी केसीले बताएको छ ।

    कोभिड १९ को कारण घरमा वेरोजगार भएर वसेकोहरुलाई काम नपाए पछि मटर पारि कटाए राम्रो आम्दानी हुने भेउ पाएपछि उनीहरुलाई ढुवार्नी कर्ताको रुपमा प्रयोग गरि मटर तस्करले आफनो कारोवारलाई निरन्तरता दिदैं आएको छ । ’एसपी केसीले भने ‘सुरु सूरुमा यस कार्यमा बालबालिकाको बढी प्रयोग भएपछि पछि प्रहरीले सक्रियता बढाए पछि अहिले बालबालिकालाई प्रयोग गर्ने क्रम घटेको छ ।’

    यता स्थानियहरुले प्रहरीले आउँदो चाडबाडको वखत मटर कारोवारीलाई नियन्त्रणमा लिने वहानामा सिमावर्ती क्षेत्रका वासिन्दालाई अनावश्यक दुःख दिने गरेको गुनासो गदैं आएको छ ।

    तेस्रो मुलुकबाट भित्रयाएको मटर नेपाली सिमा सम्म वैधानिक भए पनि प्रहरी भित्र बजारहरुकाट समेत मटर हेर्ने वित्तिकै नियन्त्रणमा लिन थालेपछि अहिले जिल्ला भरि मटर आतंक मच्चिएको स्थानिय बताउँछन ।

    सिमामा कडाइ गर्नुका साथ भित्री बजारहरु विल विजक भएको मटर समेत प्रहरीले पक्राउ गरि हामी व्यापारिलाई दुःख दिने गरेको जलेश्वरका एक व्यावसायीले बताए ।

    तर एसपी केसीले भित्री बजारका व्यापारिहरुले पनि तस्करी गर्ने नियतले नै मटर भण्डारण गर्ने र राति राति त्यहि मटर सानो सानो परिमाणमा पारि कटाउने गरेकोले त्यसरी भण्डारण गर्नु अवैधानिक भएकाले नियन्त्रणमा लिइएको स्पष्ट पारेको छ ।

    मटरको कालोधन्दा रोक्नैका लागि सिमावर्ती क्षेत्रमा प्रहरी सक्रियता बढाएपछि श्रावण १ देखि असोज १ गतेको अवधिमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र मातहताका प्रहरी चौकी र प्रदेश प्रहरीको समेत संलग्नतामा मटर ,किराना समान , लताकपडा चौपाया र सवारी साधन समेत गरि २२ लाख २२ हजार ३ सय ९५ रुपैंयाको सामग्री बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    यसैबीच आउँदो चाडबाँडलाई मध्यनजर गरि राजमार्ग र जिल्लाको शहरी तथा ग्रामिण क्षेत्रमा हुन सक्ने सम्भावित घटनाहरुलाई न्यनिकरण गर्न योजना बनाएर सुरक्षा व्यवस्था कडापारिने एसपी केसीले बताए ।


    क्याटेगोरी : अन्तरवार्ता, अपराध, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस