• The Public Today
  • रौतहटमा लेनदेन विवादका कारण महिलाको हत्या


    रौतहट, असोज १३ गते : रौतहटमा लेनदेनको बिषयमा विवाद हुँदा एक महिलाको हत्या भएको छ । गत भदौ १४ गते रौतहट गढीमाई नगरपालिका वडा नं. ३ गम्हरिया पर्सा मुसरी टोल वस्ने सकल बैठाको श्रीमती मिन्त्रा देवी वैठाको हत्या लेनदेनको बिषयमा भएको रौतहट प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले सो घटनाबारे सोमबार सार्वजनिक गरेको थियो ।

    प्रहरीले हत्याको आरोपमा सोही गाउका अनवर हुसेनको छोरो जमसैद मियाँ, सफी महम्मद मियाँको छोरा दाउद मियाँ, कैल भन्ने रफिक मियाँको छोरा जहरुदिन मियाँ र सफी महम्मद मियाँको छोरा महम्मद ईसराफुल मियाँसहित गरी ४ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । मित्रा देबीको हत्या जग्गा बिवादको कारण सोही गाउका जमसैद आलमले योजना बनाइ हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले जानकारी दिए ।

    जमसैद आलमको वुवा स्व. अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा अदालत मार्फत नै सकार गरि लिएको जग्गा मध्ये मृतक मिन्त्रा देवी वैठाको श्रीमान सकल वैठाले जग्गा किन्दा जमसैद आलमले सो जग्गामा भोगचलन गर्न नदिई विवाद गरि कुटपिट समेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए ।

    सोहि जग्गा विवादमा जमसैद आलमले मृतक मिन्त्रा देवी वैठाको श्रीमान सकल वैठालाई प्रतिवादी बनाई लिखत बदर मुद्धा दिएकोमा सकल वैठाको पक्षमा निर्णय भएकोमा समेत जमसैद आलमले निज सकल वैठलाई जग्गा भोग चलन गर्न नदिई मृतक मिन्त्रा देवी वैठालाई मेरो जग्गा हो तिमीहरु जग्गा छोडिदेउ भनि पटक पटक धाक धम्की दिने गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    मिन्त्रा देबीको हत्या गर्नु भन्दा केही दिन अगाडि समेत जमसैद आलमले मृतक मिन्त्रा देवी वैठालाई बाख्रा चराउने क्रममा मेरो जग्गा फिर्ता किन नगरेको ? भनि धम्काएको अनुसन्धानबाट खुलेको उनले बताए । पक्राउ परेकाहरुको सोमबार रौतहट जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा ७ (सात) दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताए । मिन्त्रा देबीको गत भदौ १४ गते हत्या गरी उखुबारीमा फालिएको अबस्थामा लाश भेटिएको थियो ।

    भदौ २८ गतेदेखि यता रौतहटमा ४ वटा हत्या भएको छन । भदौ २८ गते गरुडा ८ निवासी निरन्जन रामको हत्या भएको थियो भने भदौ ३ गते माधब नारायण नगरपालिका वाड नं.४ खेसरहियाका मन्दिरका पुजारीको हत्या भएको थियो । यसैगरी भदौ १४ गते गडीमाइ नगरपालिका वाड नं. ३ गम्महरीयाकी मित्रा देबीको हत्या भएको थियो । गत शुक्रबार मात्रै देवाही गुनाही नगरपालिका वडा नं.४ मा पनि आर्थिक लेनदेनकै कारण एक महिलाको हत्या भएको थियो । टुडेपाटी


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस