• The Public Today
  • १५१३ कोरोना संक्रमित थपिए, २० हजार ३९६ सक्रिय संक्रमित


    काठमाडौं, असोज १३ गते : देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५१३ संक्रमित फेला परेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५१३ संक्रमित थपिएका हुन् ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५५ हजार ३७१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ६ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८९१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन ९ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना रहेका छन् । आजसम्म देशभर हजार जना क्‍वारेन्टिनमा रहेका छन् ।

    देशभर ३४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २१३ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

    शनिबार देशभर एक हजार २०७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।

    आइतबार देशभर एक हजार ५७३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने ८८५ जना डिस्चार्ज भएका थिए । आइतबार नै देशभर १० जनाको मृत्यु भएको थियो ।सोमबार देशभर कोरोना संक्रमित एक हजार ३५१ जना थपिएका छन् भने ७४२ जना डिस्चार्ज भएका छन् । सोमबार कोरोना संक्रमणबाट देशभर ४ जनाको मृत्यु भएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस