• The Public Today
  • बलात्कार अभियोगमा २ पक्राउ


    द पब्लिक टुडे
    बर्दिवास, असोज १३ गते ।
    सप्तरी र रौतहटमा बालिका बलात्कार गरेको अभियोगमा एकएक जना पक्राउ परेका छन् । सप्तरीको प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ ।

    पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको हो । पीडित बालिकाको आइतबार गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

    यस्तै, रौतह प्रहरीले बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कटहरिया नगरपालिका १ भसेढ्वा प्रसौनी टोलका ३५ वर्षीय इन्दल दास रहेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । सोमबार राती सोही टोलकी १५ वर्षीया बालिका बलात्कार भइकी बताइएको छ ।

    प्रनाउ रावलले पीडित बालिकाको बाबुले दिएको जाहेरीका आधारमा दासलाई पक्राउ गरिएको बताउनुभयो । बालिकाको जिल्ला अस्पताल गौरमा आज स्वास्थ्य परीक्षण गरिएको थियो ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस