• The Public Today
  • रौतहटमा बाघको आक्रमणबाट एकको मृत्यु, दुईजना घाइते


    रौतहट, असोज १४ गते । रौतहटमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ६ का २७ वर्षीय संगम भण्डारीको मृत्यु भएको हो ।

    मंगलबार दिउसो घाँस लिन जंगल गएको र अबेरसम्म फर्केर नआएपछि उनको खोजीका लागि बुधबार बिहानैबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले भण्डारीको शव चन्द्रपुर ४ को जंगलमा शरीरको तल्लो भाग आधा खाएको अवस्थामा फेला परेको बताए ।

    मंगलबार साँझ उनलाई खोज्न जाँदा बाघको आक्रमणमा परेर चन्द्रपुर ६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षीय प्रबिण श्रेष्ठ घाइते भएका थिए । घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको डीएसपी शाहीले जानकारी दिए ।


    क्याटेगोरी : मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस