• The Public Today
  • नर्सरी कक्षामा पढ्ने २५ विद्यार्थीलाई विष खुवाउने शिक्षिकालाई फासीको सजाय


    एजेन्सी

    असोज १३ गते : चीनमा नर्सरी कक्षामा पढ्ने २५ विद्यार्थीलाई विष खुवाएको आरोपमा एक शिक्षिकालाई मृत्युदण्डको सजाय दिइएको छ ।

    गतवर्ष विष खुवाइएका २५ मध्ये एक विद्यार्थीको मृत्यु भएको थियो । शिक्षिका वाङ युन लाई गतवर्ष नै प्रहरीले पक्राउ गरेको थियो । अदालतका अनुसार वाङले जिआओजाओ शहरको किन्डरगार्डेनमा विद्यार्थीहरुलाई बिहानको खाजामा सोडियम नाइट्रेड मिसाएर दिएका थिए ।

    सँगै कामगर्ने सहकर्मीसँग मनमुटाब भएपछि वाङले बदला लिन ती सहकर्मीका विद्यार्थीको खाजामा विष हालिदिएको बताइएको छ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस