• The Public Today
  • भारतमा १५ अक्टुबरदेखि सिनेमा हल पनि खुल्ने


    एजेन्सी : भारतमा १५ अक्टुबरदेखि सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क पनि खुल्ने भएका छन् । सरकारले ती स्थानहरुमा केही सर्तसहित खोल्ने अनुमति दिएको हो ।

    भारत सरकारले यीसहित विद्यालय र कलेज समेत खोल्न अनुमति दिएको छ । तर यससम्बन्धी निर्णय लिने अधिकार भने केन्द्र सरकारले राज्य सरकारलाई छोडिदिएको छ । 

    सिनेमा हलको सवालमा भने ५० प्रतिशत सिटमात्र प्रयोग गर्न अनुमति दिइएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस