जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

File Photo

द पब्लिक टुडे
गौशाला, असोज १५ गते ।
जबरजस्ती करणी मुद्दामा फरार एक अभियुक्त १८ वर्ष पछि पक्राउ परेका छन् । कञ्चनपुर प्रहरीले पुनर्वास नगरपालिका–३ का ३७ वर्षीय जोगी धामीलाई १८ वर्ष पछि पक्राउ गरेको कंचनपुर प्रहरीले जनाएको छ ।

२०५९ साल जेठ २५ गतेदेखि फरार रहेका धामीलाई उनको घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए ।
जिल्ला अदालत कञ्चनपुरले जबरजस्ती करणी मुद्दामा धामीलाई ६ वर्ष कैद सजाय तोकेको थियो ।

यस्तै जबरजस्ती करणी मुद्दामा नै २०७३ साल साउन २३ गतेदेखि फरार प्रतिवादी पनि नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए । जिल्लाको बेलौरी नगरपालिका–२ का २७ वर्षी ज्ञान सिंह राना पक्राउ परेका हुन् ।

पक्राउ परेको दुवै फरार प्रतिवादीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको डिएसपी थापाले बताए ।