• The Public Today
  • कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय नाघ्यो


    काठमाडौं, असोज १५ गते । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ । 

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । 

    यस्तै बिहीबार पछिल्लो २४ घण्टामा नेपालमा थप १९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । 


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस