• The Public Today
  • डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यास यथावत्


    द पब्लिक टुडे
    गौशाला, असोज १५ गते ।
    नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य १(१ रुपैयाँले घटाएको छ । पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ ।

    भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    भारतबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढेको छ ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस