• The Public Today
  • जनकपुरका ६ वर्षीय कोरोना संक्रमित बालकको मृत्यु


    द पब्लिक टुडे
    गौशाला, असोज १५ गते ।
    कोरोना संक्रमणका कारण जनकपुर उपमहानगरपालिका(२ का ६ वर्षीय बालकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका( २ टंकिशिनवारीमा रहेको विराट मेडिकल कलेजमा बिहीबार बेलुका ६ वर्षीय बालकको मृत्यु भएको हो ।

    सिकिस्त भएका बालकलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको विराट मेडिकल कलेजको आइसोलेसन इञ्चार्ज सनिल देवले जानकारी दिएका छन् ।

    अत्याधिक ज्वरोका कारण उनी असोज पहिलो साता विराटनगर अस्पताल ९विराट नर्सिङहोम० मा भर्ना गरिएको थियो । विराटनगर अस्पतालमा तीन दिन राखेर उपचार गर्दा कोरोना पोजेटिभ देखिएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा सारिएको थियो ।

    उपचारका क्रममा आइसोलेसन चार्ज बाहेक औषधि र अन्य शुल्क करिब तीन लाख रुपैयाँ उठेको थियो । तर आर्थिक अवस्था कमजोर भएका बालकको उपचारमा लागेको सबै खर्च मिनाहा गरिएको आइसोलेसन इञ्चार्ज देवले बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस