• The Public Today
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८ हजार


    काठमाडौं, असोज १६ गते : भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९८ हजार ६७८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १८१ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ८२१ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख १२ हजार ५८४ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

    भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा छ ।

    भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा छन् ।

    यसैबीच, भारतको यही अक्टोबर १६ बाट स्कुल, कलेज तथा सिनेमा हल पनि खोल्न अनुमति दिएको छ । यद्यपि खोल्ने वा नखोल्ने यसको अन्तिम निर्णय भने राज्य सरकारले लिने छन् । केन्द्र सरकारले भने अझै पनि कोरोना संक्रमणको जोखिम उच्च रहेकाले दूरी शिक्षा तथा अनलाइन शिक्षालाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस