• The Public Today
  • ओली दाहालबीचको छलफलपछि सचिवालय बैठक आह्वान


    काठमाडौं,असोज १६ गते : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

    दुई अध्यक्षबीच भोलि (शनिबार) ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । दुई अध्यक्षबीच करिब एक घण्टा छलफल भएको थियो । स्थायी कमिटी र सचिवालय बैठकको म्यान्डेट विपरीत ओलीले एकलौटी नियुक्ति गरेको भन्दै दुई अध्यक्षबीच मतभेद चुलिएको थियो ।

    आज त्यही विषयका कुराकानी भएको बुझिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस