ढल्केवर, असोज १६ गते । नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको महोत्तरी अध्यक्षमा ई. अमित कुमार पाण्डे चयन भएका छन् ।
नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रीय समितिको असोज १६ गतेको बैठकको निर्णय अनुसार शुक्रवार महोत्तरीमा पाण्डेको अध्यक्षतामा १०९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।
हाल बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न अधिकांश जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेको अवस्थालाई मध्यनजर गर्दै भर्चुअल मिटिंग मार्फत छलफल तथा सम्बाद गरी नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालले महोत्तरीमा १०९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको बताईएको छ ।
गठित समितिको वरिष्ठ उपाध्यक्षमा ई. राकेश कुमार यादव, उपाध्यक्षमा ई. राजु कुमार साह, ई. उदय चन्द्र यादव, ई. संजय कुमार साह, ई. अविनाश कुमार अधिकारी, ई. विशाल कुमार यादव, ई. ललित कुमार यादवलाई चयन गरिएको छ । यस्तै महासचिवमा ई. रवि चौधरी, सचिवमा ई. महेश झा, ई. संजय कुशवाहा, ई. राहुल कुमार यादव, कोषाध्यक्षमा ई. सुष्मिता ठाकुर, सहकोषाध्यक्षमा ई. मोहम्मद गुलाम रब्बानी रहेका छन् ।
यस्तै सामाजिक संयोजकमा ई. चन्दन सिंहलाई चयन गरिएका नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालले जनाएको छ ।