• The Public Today
  • सुन-चाँदीको मूल्य फेरि बढ्यो


    कार्तिक २६ गते : काठमाडौं : मंगलबार एकैदिन ३ हजार बढीले घटेको सुनको मूल्य बुधबार फेरि उकालो लागेको छ। आज तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार ९ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार बुधबार सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। ५ रुपैयाँले बढेर चाँदी तोलाको १२सय २० रुपैयाँमा बिक्री भइरहेको छ।

    अमेरिकी चुनावको प्रभाव र विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोप बनेको खबरले सुनको मूल्यमा घटबढ भइरहेको महासंघको भनाइ छ। स्रोत
    अन्नपूर्ण


    क्याटेगोरी : बजार, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस