• The Public Today
  • कोरोनाबारे समाचार लेख्ने पत्रकारलाई पाँच वर्षको जेल सजाय


    गौशाला, मंसिर २ गते : कोरोना भाइरसको उत्पत्तिस्थल वुहानबाट कोरोनाबारे समाचार लेख्ने एक चिनियाँ पत्रकारलाई त्यहाँको सरकारले पाँच वर्षको जेल सजाय तोकिदिएको छ।

    हाल ३७ वर्षकी पत्रकार तथा पूर्व वकिल रहेकी जाङ जिहानले जेल सजाय भोगिरहेको बीबीसीले जनाएको छ।

    उनलाई प्रहरीले गत मे महिनादेखि नै नियन्त्रणमा लिएको बताइएको छ। उनीमाथि झगडा गराउने कार्यमा संलग्न भएको साथै समस्यालाई निम्त्याउने भूमिका खेलेको आरोप लागेको छ।

    जाङ जिहान गत फेब्रुअरीमा वुहान पुगेकी थिइन्। नेटवर्क अफ चाइनिज ह्युमन राइट्स डिफेन्डर सीएचआरडीका अनुसार उनले वुहानबाट कोरोना प्रकोपबीच पत्रकारलाई समाचार लेख्नबाट बन्चित गरोको साथै पत्रकारलाई नजरबन्दमा राखेको विषयमा थुप्रै समाचार लेखेकी थिइन्।

    मे १४ मा उनी वेपत्ता भएकी थिइन्। पछि उनलाई सांघाई प्रहरीले गिरफ्तार गरेको विषय सार्वजनिक भएको थियो।

    जुन १९ मा उनलाई औपचारिक रुपमै पक्राउ गरिएको थियो। पत्रकार जाङ जिहानमाथि वुहानको कोरोना अवस्थाबारे विभिन्न समाचारको माध्यममा झुठो खबर सम्प्रेषण गरेको आरोप लगाइएको छ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस