• The Public Today
  • ५०२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुग्यो


    काठमाडौं, मंसिर २ गते : पछिल्लो २४ घण्टामा ५०२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ८७८ संक्रमित निको भएका छन् ।

    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ छ ।

    पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।


    क्याटेगोरी : मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस