• The Public Today
  • नेकपा सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक


    द पब्लिक टुडे
    गौशाला, मंसिर ३ गते ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक दिउँसो बोलाएका छन् । दिउँसो १ बजे नेकपा सचिवालय बैठक पनि बोलाइएको छ । सोही समयमै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

    उनका अनुसार आजको बैठक नियमित भनिए पनि अध्यादेशका सम्बन्धमा छलफल हुन सक्नेछ ।

    कतिपय नेताहरुले दल विभाजन सम्बन्धी अध्यादेश फेरि पनि ल्याउन सक्ने आकलन गरेका छन् । तर यसको पुष्टि भने हुन सकेको छैन ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस