• The Public Today
  • ट्रम्पको दाबी खारेज गर्ने निर्वाचन अधिकारी बर्खास्त


    वासिङटन,मंसिर ३ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक उच्च निर्वाचन अधिकारीलाई बर्खास्त गरेका छन् । मतदानमा धाँधली भएको भन्ने ट्रम्पको दाबीमाथि प्रश्न उठाएका निर्वाचन अधिकारी बर्खास्तगीमा परेका हुन् ।

    राष्ट्रपति ट्रम्पले साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर सेक्य्रिटी एजेन्सी (सीसा) का प्रमुख क्रिस क्रेब्सले मतदानका बारेमा ‘अत्याधीक बढी गलत’ टिप्पणी गरेका कारण बर्खास्त गरिएको बताएका छन् ।

    नोभेमबर ३ मा भएको निर्वाचनको परिणाम स्वीकार गर्न ट्रम्प अहिलेसम्म अस्वीकार गर्दै आएका छन् । उनी बिना प्रमाण मतदानमा धाँधली भएको दाबी गरिरहेका छन् । तर, निर्वाचन अधिकारी यो निर्वाचनलाई अमेरिकी इतिहासको ‘सबैभन्दा सुरक्षित’ निर्वाचन बताइरहेका छन् । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस