• The Public Today
  • नेकपा विवाद चरमोत्कर्षमा : फेरि अघि सरिन् यान्छी


    राजदुत यान्छीको सन्देश— पार्टी नफुटाउनु

    काठमाडौं, मंसिर ३ गते : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बढेर दुर्घटनाको सम्मुखमा परेपछि नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छी सक्रिय भएकी छिन् । नेकपा विभाजनको डिलमा पुगेको संकेत बुझेकी राजदुत यान्छीले मंगलबार राति प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग झन्डै डेढ घण्टा संवाद गरेकी छिन् ।

    आज बस्ने नेकपा सचिवायल बैठक पार्टी विभाजनको प्रस्थानविन्दु भन्ने नेकपाभित्र चर्चा चलिरहेका बेला यान्छीको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रधानमन्त्री ओलीसँगको यो दोसो भेट हो । नेकपाको विवादकै बिचमा यसअघि १७ वैशाखमा यान्छीले प्रधानमन्त्री ओलीलाई भेट गरेकी छिन् ।

    हिजोको भेटमा नेकपा विभाजन रोक्नेतर्फ ध्यान दिन प्रधानमन्त्री ओलीलाई राजदुत यान्छीको सुझाव रहेको थियो । बालुवाटारनिकट स्रोतका अनुसार १७ वैशाखमा झै अहिले पनि यान्छीको संकेत बरु ओलीले राजीनमा दिएर भए पनि पार्टी विभाजन गर्न नहुनेतर्फ थियो ।

    प्रष्ट भाषामा राजीनामको कुरा नगरे पनि संकेत त्यसैतर्फ भएका कारण १७ वैशाखमा पनि ओली राजदुत यान्छीसँग असन्तुष्ट बनेका थिए । वैशाखयता नेकपाको विवाद उत्कर्षतिर पुग्दा चिनियाँ राजदुत हाउ यान्छीको दौडधूप बढेकै हुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको चाहना सरकारमा जो रहे पनि पार्टी विभाजित नहोस् भन्ने हो तर प्रधानमन्त्री केपी ओलीको निरन्तरता पनि चाहेको छैन ।

    पछिल्ला दिनमा चीनसँग सम्बन्ध चिसो बनाउँदै लगेका कारण ओलीसँग चीन खुसी छैन । त्यसो त, १७ वैशाखमा प्रधानमन्त्री ओलीसँग राजदुत यान्छीले भेट गरेपछि झन् चिसिएको थियो । पार्टी विभाजनको विकल्पमा त्यागका लागि तयार हुन अप्रत्यक्ष संकेत यान्छीले गरेकी थिइन् । त्यो संकेत बुझेका ओलीले साथ नपाउने बुझेपछि त्यसयताका झन्डै ८ महिना नेपालस्थित चिनियाँ दुतावासको सम्बन्ध निकै चिसो बनाए ।

    त्यसैले २५ असारमा खुमलटारमा प्रचण्डले भेट गरेर त्यतिबेलाको नेकपाको विवादको उत्कर्ष स्वरुपबारे विमर्श गरिन् । तर बालुवाटारसँगको सम्बन्ध जोड्न चाहिनन् ।

    त्यसपछि पनि ओलीले राजदुत यान्छीलाई बेवास्ता गरे । यान्छीलाईमात्र होइन चिनियाँ परियोजना र कार्यक्रममाथि पनि ओली सकरात्मक भएनन् । बरु भारतीय सुझाव अनुसार रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्री बनाएर रक्षामन्त्री आफैँ लिन तयार भए । तर उत्तरतिरको सम्बन्ध विस्तारमा छलफल गर्नै रुचाउन छाडे ।

    त्यसको मारमा परेर बीआरआईका परियोजनामाथि छलफल हुनै छाड्यो । चीनले आयोजना गर्ने सांघाई कोअपरेशनको सम्मेलनमा नेपालको सहभागित नै भएन,जबकी चरम विवादमा भरहेका बेला सम्मेलनमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नियाँ राष्ट्रपति सी चिनफिङले सम्मेलनमै संवाद गरे ।शिलापत्र


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस