• The Public Today
  • क्रिकेटर शाकिबको समर्थनमा कंगना भन्छिन्- मन्दिरदेखि किन यतिधेरै डर ?


    मुम्बई

    मंसिर ३ गते : अभिनेत्री कंगना रनौत देश-विदेशमा हुने हरेक घटनाबारे राम्ररी जानकारी राख्‍नुका साथै त्यसमा आफ्नो विचार पनि राख्छिन् । यस्तै उनले बंगलादेशी क्रिकेटर शाकिब अल हसनको विषयमा पनि प्रतिक्रिया दिएकी छिन् ।

    इस्लामिक भएर पनि हिन्दु धर्मको समारोहको काली माताको पूजामा गएको भन्दै ज्यान मार्ने धम्की दिई माफी माग्‍न विवश बनायो । यही खबर पाएपछि कंगनाले ट्‌विटमा लेखिन्, “क्रिकेटर शाकिब अल हसनलाई कोलकातामा काली पूजामा सरिक भएकामा माफी माग्‍न बाध्य बनाइयो । उनलाई मार्ने धम्की पनि दिइयो । किन मन्दिरदेखि यति धेरै डर ? केही कारण त होला ? बिनाकारण कोही पनि यति धेरै डराउँदैनन्, हामी जिन्दगीभरी मस्जिदमा बिताए पनि राम नामलाई मनबाट कसैले निकाल्न सक्दैन, आफ्नै पूजामा विश्वास नभएको हो वा तपाईंको हिन्दु अतितले तपाईंलाई मन्दिरमा आकर्षित गर्छ ? आफैसँग सोध्नुहोस्…” नवभारत टाइम्स


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस