• The Public Today
  • हङकङका अग्नी पीडित नेपाली परिवारलाई ली का सिंहले दिए ३० लाख डलर सहयोग


    हङकङ, मंसिर ३ गते : हङकङका अग्नी पीडित नेपालीका परिवारलाई एशियाका धनाढ्य व्यवसायी ली का सिंहले ३० लाख हङकङ डलर सहयोग घोषणा गरेका छन्।

    आइतबार राति हङकङको जोर्डनस्थित नेपाली रेष्टुरेन्टमा भएको आगलागीमा परेर हङकङका सात जना नेपालीको ज्यान गएको छ भने अन्य ११ जना नेपाली घाइतेको अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये आठ जनाको अवस्था चिन्ताजनक रहेको छ।

    हङकङका सबैभन्दा धनी लीको ली का सिंह फाउण्डेसनले बुधबार अग्नी पीडित नेपालीको परिवारलाई ३० लाख हङकङ डलर (करिब चार करोड ५९ लाख रुपैयाँ) सहयोग दिने घोषणा गरेको हो।

    ‘आगलागीमा ज्यान गुमेको र घाइते भएको खबर सुनेर दुख लागेको छ, गृहमन्त्रालयबाट वितरण हुने यो सहयोगले पीडितका परिवारलाई सहयोग पुग्ने विश्वास छ’, फाउण्डेसनले लीलाई उधृत गर्दै भनेको छ।

    लीले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

    आफ्नो नीजि सुरक्षाकर्मीको समूहमा पूर्व गोर्खाहरूलाई राखेका हङकङका धनाढ्य ली नेपाली समुदायसँग पर्याप्त परिचित छन्।


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस