• The Public Today
  • सप्तरीकाे भारदहमा ५० वेड अस्पतालको शिलान्यास


    शुभ नारायण यादव

    सप्तरी, मङ्सिर ३ गते : प्रदेश सरकारद्वारा ५० वेडमा परिणित भारदह अस्पताल सप्तरीको भवनको शिलान्यास गरिएको छ । प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले बुधबार एक कार्यक्रमबीच शिलान्यास गरेको हो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव, कंचनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्र, तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त कुमार वहरखेर, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमला, जसपाका केन्द्रीय सदस्यहरु विजयकुमार यादव, पुनम यादव,कुमरनाथ मिश्र, श्याम सरदार लगायतका उपस्थिति रहेकाे थियो ।

    झण्डै २ करोडको लागतमा बन्न लागेको ईमर्जेन्सी तथा ल्याव भवनको ठेक्का धन्धा कन्स्ट्रक्सनले १ वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य रहेकाे बताइएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस