धनुषामा कोरोना संक्रमणबाट एक वडाध्यक्षको निधन

जनकपुरधाम, मंसिर ४ गते । धनुषामा कोरोना संक्रमणबाट एक वडाध्यक्षको निधन भएको छ । धनुषाधाम नगरपालिका ६ का अन्दाजी ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।

मृतक वडाध्यक्षलाई अचानक स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको लगिएको थियो । गत सोमबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुुष्टि भएको नगर प्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।

मृतक वडाध्यक्षलाई उनलाई अन्य कुनै किसिमको रोग नभएको मेयर मण्डलले बताए । उनका अनुसार वडाध्यक्ष मोक्तानको मृत्यु कोरोनाकै कारण भएको हो ।

मृतक वडाध्यक्ष मोक्तान वडा नम्बर ६ बाट तत्कालिन एमालेबाट निर्वाचित भएका थिए ।