• The Public Today
  • थपिए २ हजार १०३ जना काेराेना सङ्क्रमित, २ हजार ८५८ जना डिस्चार्ज


    काठमाण्डाै, मंसिर ४ गते : नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेकाे छ । बिहीबार थप दुई हजार एक सय तीन जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

    त्यस्तै गएकाे २४ घण्टामा दुई हजार आठ सय ५८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।

    अब नेपालमा २८ हजार एक सय ६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात सय ६७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

    २४ घण्टामा थप १७ सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार दुई सय ७६ पुगेकाे छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस