• The Public Today
  • भारतमा ४५ हजार कोरोना संक्रमित थपिए


    एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार नाघेको छ ।

    पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ४५ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ९५ हजार ९०८ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म ८५ लाख २० हजार ३९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३३ हजार नाघेको छ ।

    पछिल्लो २४ घण्टामा थप ४९९ जनाको मृत्यु भए सँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार २६३ पुगेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस