• The Public Today
  • कुर्सीबाट लड्दा पूर्वगाविस अध्यक्षको मृत्यु


    दाङ, मंसिर ७ गते । दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ।

    शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो।

    कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्यु भएको हो।

    लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। भण्डारी विगत लामो समयदेखि अस्वस्थ रहेका तुलसीपुर–११ का वडा सदस्य सुवास डाँगीले बताए।

    भण्डारी साविक उरहरी गाविसको अध्यक्ष हुनुका साथै उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए। उनले करिब दुई दशक स्थानीय सत्तामा रहेर काम गरेका थिए। भण्डारी नेपाली कांग्रेसको तत्कालीन दाङ क्षेत्र नम्बर ४ को सभापति, अमर मावि उरहरीका पूर्वअध्यक्ष समेत हुन्। उनका चार छोरा छन्।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस