• The Public Today
  • सुनको भाउ तीन सय रुपैयाँले बढ्यो


    काठमाडौं, मंसिर ७ गते । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबारको कारोबारका लागि छापावाल सुनको भाउ ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावल सुनको भाउ ९४ हजार तथा तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ भने अघिल्लो कारोबार दिनको तुलनामा नबढेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

    कोरोनाका कारण शिथिल बनेको सुन बजारमा तिहारमा चहल पहल बढेको थियो । विवाहको महिना सुरु भएकाले सुनको कारोबार बढ्ने प्रतिक्षामा व्यवसायीहरु छन् ।


    क्याटेगोरी : अर्थ, बजार, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस