• The Public Today
  • कोरोना संक्रमणबाट सिरहाका एक जनस्वास्थ्य अधिकृतको मृत्यु


    सिरहा, मंसिर ७ गते । सिरहाका एक जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाबाट सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशंकर देव उपचारको क्रममा मृत्यु भएको हो ।

    सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत देवको शनिबार बिहान बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख यादवले जानकारी दिए ।

    यादवका अनुसार दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनलाई बिराटनगरको नोबेल अस्पतालमा उपचारमा लगिएको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस