• The Public Today
  • “चितवन घटना अराजक, कुनै हिसाबले मान्य हुँदैन”


    मंसिर ७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले चितवनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको दुव्र्यवहार अराजक गतिविधि भएको बताएको छ । यसलाई कुनै पनि हिसाबले प्रश्रय दिन नहुने बताएको छ ।

    आइतबार प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले विज्ञप्ती जारी गर्दै कडा कारबाहीको माग गरेका हुन् । “हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटीका सदस्य तथा सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री कमरेड सुरेन्द्र पाण्डे सहभागी नगर कमिटीको बैठकमा पार्टीको वर्तमान परिस्थितिको बारेमा तथा गत स्थायी कमिटीको बैठकमा निर्णयको सम्प्रेषण गर्ने क्रममा केही असम्बन्धित र उशृङ्खल व्यक्तिले गरेको उद्दण्ड कार्यको जति भर्त्सना गरे पनि कम हुन्छ,” विज्ञप्तीमा भनिएको छ ।

    पार्टी विधान, विधि प्रक्रिया भत्कँदै गएको र पार्टीको एकता नै अप्ठ्यारो परेको बेला पार्टीभित्र गम्भीर छलफल चलिरहेका बेला यस्तो घटना हुनु दुःखद् भनिएको छ ।

    चितवनको राप्ती नगर कमिटीको शनिबारको बैठकमा पाण्डे बोल्दै गर्दा प्रधानमन्त्री ओली पक्षले नाराबाजी गरेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस