• The Public Today
  • मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त पक्राउ


    काठमाडौं, मंसिर ८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई पक्षबीच भएको झडपका क्रममा भएको मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले विन्दवासिनी गाउँपालिका ३ इटियाही बस्ने अखिलेप्रसाद चौरसिया भन्ने अशेसर चौरसियालाई पक्राउ गरेको हो। 

    गत कात्तिक ६ गते विन्दवासिनी ५ प्रसौनी गाउँस्थित सेलर मिलको भवनमा नेकपा गाउँ कमिटिद्वारा आयोजित सपथग्रहण कार्यक्रमस्थलमा झडपका क्रममा चौरसिया घाइते भएका थिए। उनको उपचारका क्रममा ७ कात्तिकमा निधन भएको थियो। 

    चौरसियालाई वीरगन्ज महानगरपालिका २५ स्थित अलौ सिर्सियाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस