• The Public Today
  • ४६ किलो गाँजासहित मकवानपुरबाट एकजना पक्राउ


    काठमाडौं,मंसिर ८ गते : मकवानपुरमा ४६ किलो गाँजासहित एकजना पक्राउ परेका छन्।

    आइतबार राति १० बजे ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो।

    मनहरी गाउँपालिका–८ सिम्पानीस्थित पुर्व पश्चिमलोक मार्ग सडक खण्डमा कैलाश गाउँपालिका–७ बस्ने २३ वर्षीय तिर्थराज चेपाङलाई गाँजासहित पक्राउ गरिएको हो।

    कालो झोला बोकी जमिनमा जेव्रा झोला र प्लास्टीकको बोराको पोकाहरु लिई शंकास्पद अवस्थामा बसीरहेको अवस्थामा चेक गर्दा गाँजा बरामद भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    क्याटेगोरी : कला, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस