• The Public Today
  • वीर अस्पतालले वार्तामा बोलायो आन्दोलनरत चिकित्सकलाई


    काठमाडौं, मंसिर ८ गते : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आन्दोलनरत चिकित्सकहरुलाई वार्तामा बोलाएको छ । निर्देशक केदारप्रसाद सेन्चुरीले वार्तामा उपस्थितिका लागि आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।

    “उपरोक्त विषयमा यस चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका कर्मचारी संगठनद्वारा कर्मचारीहरुले नियमित तलब भत्ताका अतिरिक्त साविकदेखि प्राप्त गर्दै आइरहेको सेवा विस्तार भत्ता, औषधि खरिद खर्चलगायतका सुविधाहरु उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न मागहरु राखी गरिरहेको आन्दोलनलाई आपसी वार्ताको माध्यमबाट सकारात्मक टुंगोमा पु¥याउनका लागि देहायको मिति, स्थान र समयमा वार्ताको आयोजना गरिएकाले त्यहाँबाट एकजना प्रतिनिधिको उपस्थितिको लागि अनुरोध गर्दछु,” विज्ञप्तिमा भनिएको छ ।

    वार्ता अहिले राष्ट्रिय ट्रमा सेन्टरमा हुँदैछ ।


    क्याटेगोरी : मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस