• The Public Today
  • सबैलामा रक्तदान कार्यक्रम सम्पन्न


    जनकपुरधाम, मंसिर ८ गते : धनुषाको सबैला नगरापलिका ११ स्थित जय माँ सरस्वती युवा क्लब इनर्वाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी जनकपुरको सहयोगमा सोमबार क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।

    रक्तदान कार्यक्रमको एक समारोहबिच सबैला नगरपालिकाका मेयर विजय शंकरप्रसाद साहले उदघाटन गरेका थिए ।

    कोभिडको बेला हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको आयोक क्लबले जनाएको छ । क्लबका प्रतिनिधि लगायत स्थानीय युवाहरुले रक्तदान गरेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस