• The Public Today
  • ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’


    काठमाडौं, मंसिर ८ गते : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गरेका छन् ।

    नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले काँग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकतासमेत नरहेको बताए ।

    अर्को प्रसङ्गमा उनले कोरोना सङ्क्रमण बढ्दै गर्दा सरकारले स्वास्थ्य सेवा प्रवाहमा खासै चासो नदिएको र पिसिआर परीक्षणको दायरा घटाउने कार्य गरेको आरोप लगाए । रासस


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस